सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइयाे
मिति: २०२३-०४-०७ , समय : १७:५१:४९ , लक्ष्मी चौधरी
मिति: २०२३-०४-०७ , समय : १७:५१:४९ , लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
राजविराज । विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ सप्तरी सहित मुलुकभरि विविध कार्यक्रम गरि मनाइएको छ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
साेहि क्रममा सप्तरीको राजविराज स्थित छिन्नमस्ता एजुकेशनल एकेडेमिले पनि विश्व स्वास्थ दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइएको हाे । छिन्नमस्ता कलेजले नर्सिङका छात्राहरुसग विश्व स्वास्थ दिवस मनाइएको छ । साेहि अवसरमा कलेजका शिक्षिकाहरु मनिषा यादव ,अस्मिता यादव ,भावना दास ,रन्जु यादव ,इन्द्रेणी साह लगायतकाहरुकाे उपस्थितिमा साे दिवस मनाइएको छ ।
यता विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, नि:शुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ । कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ ।
स्मरण रहाेस नि:शुल्क पाइने औषधि समेत नागरिकले महंगोमा किन्नु पर्ने बाध्यता छ ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : १७:५१:४९ , 2 years अगाडि