सप्तरीमा छुट्टाछुट्टै घटनामा एक महिला सहित दुई जनाको मृत्यु

मिति: २०२३-०४-१४ , समय : १८:५३:०९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा छुट्टाछुट्टै घटनामा परी शुक्रवार एक महिला सहित दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । यसरी मृत्यु हुनेमा सप्तरीको राजबिराज नगरपालिका वडा न. ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा राजबिराज नगरपालिका वडा न. ४ घर भई हाल वडा ६ थानगाछि डेरा गरी बस्ने ५५ वर्षिय गणेश साह रहेको प्रहरीले जनाएको छ । साह कोल्टो परी मृत अवस्थामा छ भन्ने खबर स्थानियले दिए पछि बुझदा निज सधै अत्याधिक मादक पदार्थ सेवन गरी हिडडुल गर्ने भन्ने बुझिएको छ भने शवको प्रकृती मुचुलका गरी अन्य अनुसन्धान कार्य भईरहेको
जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनुभयो ।
यस्तै सप्तरीको रुपनि गाउपालिका वडा न.१ रुपनि टोल बस्ने राम सेवक साहको श्रीमती ५० वर्षिय सिता देबि साहले श्रीमान सँग वादबिवाद हुँदा आफ्नै घरको सुत्ने कोठामा काठको धरनमा सलको पासो लगाई झुण्डि मृत्यु भएको प्रहरीले जनाएको छ । साह झुण्डि रहेको अवस्थामा निजको छोराछोरीले हेरी सलको पासो काटि उपचारको लागि युनिक अस्पतालमा ल्याई डाक्टरले ईसीजी चेकजाँच गर्दा मृत्यु भईसकेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सिंहले बताउनु भयो । यता साे घटना वारे थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १८:५३:०९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित