दलितमाथि हुने विभेद तथा छुवाछूत मुक्त समाज स्थापना हुनुपर्नेमा जाेड
मिति: २०२३-०६-०५ , समय : ०८:५२:४२ , शुभ नारायण यादब
मिति: २०२३-०६-०५ , समय : ०८:५२:४२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । हाम्रो समाजमा दलितमाथि हुने विभेद तथा छुवाछूत मुक्त समाज स्थापना हुनुपर्नेमा जाेड एक कार्यक्रमका सहभागी बक्ताहरुले दिएका छन । दलित अधिकार सरक्षण केन्द्र राजविराजकाे अायाेजनामा यहाँ अायाेजित जातीय भेदभाव तथा छुवाछूत उन्मुलन सम्बन्धि राष्ट्रिय दिवस अन्तरगत जातीय भेदभाव तथा छुवाछूत बिरुद्ध अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले साे कुरामा जाेड दिएका हुन । कार्यक्रममा सहभागीहरुले नेपालमा छुवाछूत मुक्त घाेषणा भएको १७ बर्ष बितिसक्दा पनि ९७ प्रतिशत दलित अझै विभेदमा परेकाले त्यसलाई कार्यान्वयन गर्ने निकाय दाेषि रहेको बताएका छन । हरेक बर्ष नेपालमा जेष्ठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाइन्छ तर अझै पनि हाम्रो समाजमा छुवाछूत र जातिय विभेदकाे अन्त्य हुन नसकेकोमा चिन्ता ब्यक्त गरेको छ । २०६३ साल जेष्ठ २१ अाजके दिन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घाेषणा गरेपनि साे कागजमे सिमित रहेकाले यसलाई व्यवहारमा लागू गर्न सरकारसग जाेडदार रुपमा माग गरिएको छ ।
अायाेजक सस्थाका अध्यक्ष भाेला रामकाे अध्यक्ष्ाता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख अातिथ्यमा अायाेजित साे अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिह , धर्मि हल्फा महिला विकास क्लवका अध्यक्ष एव समाजसेवी इन्जिनियर सुर्य नारायण यादव , नेपाल राम समाजका अध्यक्ष प्रथम लाल राम , हरूवा चरुवाका केन्द्रीय महासचिव लागेन्द सदा , नेपाल राम समाजका केन्द्रीय सदस्य जगजिवन राम ,नेपाल राष्ट्रिय मुक्ति माेर्चाका केन्द्रीय सदस्य बद्री सदा , समता फाउन्डेसनका सचिव रमेश मण्डल , ललित कुमार मण्डल , सबल नेपालका दिपा चौधरी लगायतका बक्ताहरुले जातीय भेदभाव तथा छुवाछूत जडेबाट समाप्त गर्नुपर्नेमा जाेड दिएका छन । युवा पत्रकार एव गामघर टिभि र गामघर डटकमका अध्यक्ष तथा प्रधान सम्पादक शुभ नारायण यादवले सन्चालन गरेको साे कार्यक्रममा पुर्व सिचाइ मन्त्री रमणि राम तथा सस्थाका ललकु सदाले स्वागत तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०६-०५ , समय : ०८:५२:४२ , 2 years अगाडि