सप्तरीमा पुनः महिलामाथि सामुहिक बलात्कार , बलात्कार अाराेपमा तीन जना पक्राउ

मिति: २०२३-०७-२४ , समय : ०६:४९:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा पुनः एक महिलासँग सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

पछिल्लोपटक सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ मोहनपुरकी एक महिलासँग पाँच जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गदेखि ४०० मिटर दक्षिणतर्फ नर्सरीमा ती महिलासँग सामूहिक बलात्कार गरिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा न. ५ का २५ बर्षीय शिव कुमार सदा, ४० बर्षीय उमेश सदा, र ३२ बर्षीय श्रीनारायण सदा छन् । महिलासँग ५ जनाले जर्वजस्ती करणी गरेका थिए । घट्नामा संलग्न २५ बर्षीय फुल कुमार सदा र २३ बर्षीय शिव कुमार सदाको पनि संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घट्ना शनिबार राति १० बजेतिरको हो । पीडित र उनका अभिभावकले आईतबार बिहान प्रहरी चौकी कठौनालाई जानकारी गराएपछि घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयाे । उहाका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही प्रकृया शुरु गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहकेो प्रहरीले जनाएको छ ।

यसअघि असारको अन्तिम साता सप्तरीको कंचनरुप नगरपालिका १२ मा १७ बर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको छ ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : ०६:४९:०१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित