मधेस प्रदेश : दिनदहाडै हतियार देखाएर बैंक लुट्ने एक लुटेरा पक्राउ

मिति: २०२३-०७-२७ , समय : ११:५१:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । छन् । घटनाको झण्डै दुई महिना पश्चात भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट उनलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाकाँ शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिइ अनुसन्धान गरिरहेको छ ।

महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर उल्लेख नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

प्रकाशित मिति: २०२३-०७-२७ , समय : ११:५१:४१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित