सप्तरीको राजविराज नगरपालिकाले अवैध संरचना हटाउँदै
मिति: २०२३-०७-२८ , समय : १९:४३:३६ , गामघर डेस्क
मिति: २०२३-०७-२८ , समय : १९:४३:३६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिकाले वडा नम्बर ७ हटियामा बनाइएका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ। सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचनामाथि आज नगरपालिकाले डोजर लगाएको हो।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले अवैध संरचनामाथि डोजर चलाएको छ। व्यक्तिको एक इन्च जग्गा नछुने र सार्वजनिक जग्गा एक इन्च पनि नछोड्ने वडाध्यक्ष सुवासचन्द्र यादवले बताउनुभयो ।
यता साे सम्बन्धमा राजविराज नगरपालिकाकि कार्यबाहक प्रमुख इसरत परविनले नगरमा रहेका अबैध सरचना तथा अतिक्रमणहरु हटाउने अभियानको थालनी गरेकोले साे कार्यमा सम्पूर्ण नगरबासिहरुलाइ सहयोग गरि दिनुहुन अनुराेध गर्नुभएको छ ।
प्रकाशित मिति: २०२३-०७-२८ , समय : १९:४३:३६ , 2 years अगाडि