हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै महाअभियानद्वारा कान्तिपुर पत्रिका जलाइयाे

मिति: २०२३-०८-१३ , समय : २०:०७:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै समतामुलक समाज निर्माण महाअभियानद्वारा कान्तिपुर पत्रिका जलाइएकाे छ । समतामूलक समाज निर्माण महाअभियानद्वारा आज बागमती प्रदेशको लुम्बिनीमा अभियानका जिल्ला संयोजक ओमकार पाण्डेको नेतृत्वमा विभिन्न हिन्दुबादि सङ्घ सगठन तथा हिन्दु योद्धाहरुको उपस्थितिमा कान्तिपुर पत्रिकालाई जलाइएकाे हाे । आफ्नो धर्मको ब्याख्या गर्ने, धर्मको प्रचार गर्ने धर्मगुरुहरु अतिवादी कहिले देखि हुन थाल्यो भन्दै कान्तिपुरको नजरमा डलरवादि, कान्तिपुरको नजरमा क्रिश्चियनहरूको प्रचार गर्ने कुन वादिमा आउँछन् भन्दै साे पत्रिका जलाएको महाअभियान कि केन्द्रीय उपाध्यक्ष सुनिता साह क्रान्तिले जानकारी दिइन ।

प्रकाशित मिति: २०२३-०८-१३ , समय : २०:०७:४३ , 2 years अगाडि