मधेश प्रदेश : अबैध लागूऔषधसहित दुई महिला पक्राउ

मिति: २०२३-०८-१५ , समय : १३:५२:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा ।
प्रहरीले प्रतिबन्धित लागूऔषधसहित सिरहामा दुईजना महिला पक्राउ परेकी छन् ।

जिल्लाको सिरहा नगरपालिका वडा न.१४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा न. ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता ९६०० पिस ट्याब्लेट०, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाईल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएका छन्।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १३:५२:५५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित