प्रजातन्त्र दिवसको अवसरमा सखडामा प्रतियोगिता
मिति: २०२३-०२-१९ , समय : २१:१८:३२ , प्रजातन्त्र दिवसको अवसरमा सखडामा प्रतियोगिता
मिति: २०२३-०२-१९ , समय : २१:१८:३२ , प्रजातन्त्र दिवसको अवसरमा सखडामा प्रतियोगिता
प्रजातन्त्र दिवसको अवसरमा सखडामा प्रतियोगिता
सखडा । ७३ अाे प्रजातन्त्र दिवसकाे अवसरमा अाज सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सखडाकाे त्रिमुर्ति माविमा माबि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अायाेजक त्रिमुर्ति माविका सस्थापक जय प्रकाश यादव जेपिकाे अध्यक्ष्ातामा तथा छिन्नमस्ता गाउपालिकाका प्रशासकिय अधिकृत महेश शर्माकाे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका वडाअध्यक्ष ललन प्रसाद यादव ,२ का वडाअध्यक्ष सिकन्दर साह , ६ का वडाअध्यक्ष कपलेश्वर साह , युवा पत्रकारहरु शुभ नारायण यादव , विघानन्द राम , साेरभ कुमार यादव , मावि सखडाका विघालय व्यवस्थापन समितिका बेजनाथ यादब बेजु , लक्ष्मण माली ,शिक्षक बिजय यादव लगायतकाहरुकाे उपस्थिति रहेकाे थियाे । साे प्रतियोगितामा प्रथम छिन्नमस्ता भुपेन्द सस्कृतिक मावि सखडाकि मनिषा कुमारी यादव , दाेस्राे त्रिमुर्ति माविकि अमिसा कुमारी पण्डित र तेस्रो पुरस्कार छिन्नमस्ता बाेडिङ्ग स्कुलकि चान्दनि कुमारी मण्डल भएकाे अायाजकले जनाएको छ । पुरुस्कृत छात्र छात्राहरुलाइ कार्यक्रमका प्रमुख अतिथि ,बिशिस्ट अतिथिहरुले सम्मान तथा प्रशसा पत्र वितरण गरेको थियाे । उक्त प्रतियोगितामा पालिकाभरिका १३ वटा बिघालयका ३२ जना छात्र छात्राहरुकाे सहभागीता रहेको शिक्षक राजदेव मण्डलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०२-१९ , समय : २१:१८:३२ , 2 years अगाडि