मधेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत पठाउने
मिति: २०२३-११-०७ , समय : १४:४३:५७ , गामघर डेस्क
मिति: २०२३-११-०७ , समय : १४:४३:५७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश सरकारले जाजरकोट र रुकमको भूकम्प प्रभावितलाई राहत पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मधेश सरकारको विपद व्यवस्थापन समितिको बैठकले ६० लाख मूल्य बराबरको खाद्यान्न राहत स्वरुप पठाउने तयारी निर्णय गरेको हो ।
गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।
सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।
प्रकाशित मिति: २०२३-११-०७ , समय : १४:४३:५७ , 2 years अगाडि