७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : सप्तरीकाे मलेठका शहिद परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान

मिति: २०२३-१२-१० , समय : २३:१३:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतवार शहिद परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेको छ ।

तराई मधेश महिला फाउण्डेशन नेपालले राजविराज नगरपालिका वडा न.९ स्थित मलेठका शहिद विरेन्द्र महतोका परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेको हो ।

फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिले उनको घरमै पुगेर महेतोकी श्रीमति रंजनादेवी महतोलाई एक बोरा चामल प्रदान गरेकी छन् भने उनका बालबालिकाका लागि चार दर्जन कपी, पेन्सिल, कटर, रेजर, बिस्कुट सहितका सामग्री प्रदान गरिएको छ ।

प्रकाशित मिति: २०२३-१२-१० , समय : २३:१३:०२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित