जनकपुर सहित मिथिलान्चलमा विवाह पञ्चमी पर्व विधिपूर्वक मनाइयो

मिति: २०२३-१२-१८ , समय : ०९:०७:१२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । भगवान् रामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व हिजो राम सीताको पूजा आराधना गरी मनाइएको हो । पर्वको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव गरिएको छ ।

सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राख्नुभएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले उचालेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ । रामसीताको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका छन् ।

यस वर्ष जनकपुरमा ८५ क्विन्टल अन्नबाट बनाइएको रामसीताको प्रतिमा विशेष आकर्षण बनेको थियो ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : ०९:०७:१२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित