सप्तरीको बलान बिहुल गाउपालिकामा सामुदायिक खाद्य बैंक स्थापना

मिति: २०२३-१२-३० , समय : १५:३८:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
स्थानीय स्तरमा खाद्य संचितिको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई पोषण सुरक्षाको प्रत्याभूति गराउने उदेश्यले सप्तरीमा खाद्य बैक स्थापना भएको छ । सप्तरीको बलान बिहुल गाँउपालिकाले खाद्य बैंकको निर्माण गरिएको आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा तथा आसमान नेपाल र पालिकाको समन्वयमा यो बैक निर्माण गरिएको छ । बैंकको एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्नु भएको हो ।
खाद्य भण्डारण सुविधासहित संचालन हुने यो बैंकले कुपोशित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका र विपदको समयमा लक्षित वा आवश्यक परेका परिवारलाई स्थानीय किसानबाट खाद्यान्न खरीद गरि निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने नीति पालिकाले लिइएको छ ।

खाद्य बैंक भवनको उद्घाटन भएपछि विश्व खाद्य कार्यक्रमका नेपाल उप प्रमुख कृष्ण योगीले बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलाई चावी प्रदान गर्दै खाद्य बैंकको भवन हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री यादवले यो बैंकको पालिकाले संरक्षण, सम्बर्द्धन गरेर अघि बढ्नुपर्ने बताए । उनले संरक्षण गरेर सही ढँगले काम नगरे दातृ निकायको लगानी खेर जाने र दातृ निकाय पनि अरू लगानी गर्न नचाहने भएकाले गम्भीर बन्नुपर्ने बताए ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले पालिकालाई आगामी दुई बर्षभित्र कुपोषण जिरोमा झार्ने बताए ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : १५:३८:२७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्