मधेस प्रदेश : दिनदहाडै पेट्राेलियम व्यवसायीको साढे नौ लाख लुटियाे
मिति: २०२४-०१-२४ , समय : १८:०८:०१ , गामघर डेस्क
मिति: २०२४-०१-२४ , समय : १८:०८:०१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको मिथिला नगरपालिका– ९, लालगढस्थित चित्रा आयल स्टोर्सको नाै लाख ६० हजार रुपैयाँ मंगलबार बिहान ११ बजे लुटिएको छ।
पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर रकम लुटेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन्।
‘व्यस्त सडकमा दिउँसै रकम लुटिने घटना असामान्य हो। दिनदहाडै भएको डकैतीले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना हुँदै गइरहेकोतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ प्रधानले भने।
लुटेरा समहूको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले जानकारी दिए।
प्रकाशित मिति: २०२४-०१-२४ , समय : १८:०८:०१ , 1 year अगाडि