रक्षक नै भक्षक : अपराधिक कार्यमा संलग्न दुई प्रहरी पक्राउ

मिति: २०२४-०२-२६ , समय : १३:००:४५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादव पक्राउ परेका हुन् ।

आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न भनी २ लाख लिएर फिर्ता नगरेको पाइएपछि मधेश प्रदेश प्रहरी कार्यालयले खोजविबन गरी मोबाइल र ९५ हजार रकम बरामद गरेको हो । जनकपुररधाम उपमहानगरपालिका ७ स्थित पापमोचनी पोखरीको उत्तर चर्फ झाडीमा झोलामा लुकाई राखेको अवस्थामा ३१ वटा मोबाइल र ९५ हजार नगद बरामद भएपछि पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

बरामद समानसहित दुबै जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०२-२६ , समय : १३:००:४५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित