मधेस प्रदेश : झन्डै २७ लाख बराबरको अबैध पटाका बरामद

मिति: २०२४-०८-२९ , समय : १५:५८:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशबाट सशस्त्र प्रहरी बलले २७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ । मलंगवा नगरपालिका-४ गणेशियास्थित चिम्नीनजिकको टहरामा लुकाइराखिएको पटाका बरामद गरिएको हो । सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रहरी उपरीक्षक विनोदराज खनालले गणबाट खटिएको टोलीले गणेशियास्थित चौरमा जस्ताको टहरामा शंका लागेर चेक गर्दा ठूलो मात्रामा पटाका बरामद गरिएको जानकारी दिए ।
तिहारलाई लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुन सक्ने उनले बताइ । बरामद भएको पटाकामा नागिन, भुईंचम्पा, सुतली बम, रकेटलगायतका छन् । जसको बजार करिब मूल्य २७ लाख ७७ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।’तिहारलाई मध्यनजर गर्दै भारतबाट ल्याइएका ठूलो परिमाणको पटाका बरामद भएको हो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘बरामद भएको पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिनेछ ।’

प्रकाशित मिति: २०२४-०८-२९ , समय : १५:५८:११ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित