मधेस प्रदेश : सर्पले डँस्दा एक युवतीको मृत्यु

मिति: २०२४-०९-०१ , समय : १३:२४:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
मधेस प्रदेशको सिरहामा सर्पले डँस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् ।

राति सुतेको बेला १२ बजे उनलाई गौमन सर्पले टोकेको थियो । उपचार गराउन नलगी गाउँकै धामीझाँक्री कहाँ लगेको थियो ।

झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
आफन्तका अनुसार राति नै घरको दुलोमा पसेको गौमन सर्पलाई निकालेर स्थानीयले मारेको छ ।

प्रकाशित मिति: २०२४-०९-०१ , समय : १३:२४:२५ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित