मधेस प्रदेश : बाढीमा बेपत्ता माझी चार दिनपछि मृत फेला
मिति: २०२४-०९-१० , समय : १२:४८:४२ , गामघर डेस्क
मिति: २०२४-०९-१० , समय : १२:४८:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको बाराको बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका रौतहटकाे चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव आज बिहान फेला परेको छ । बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा शव फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–६ जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइमा खोला तर्ने क्रममा गएको शुक्रवार बाढीले बगाउँदा बेपत्ता हुनुभएको थियो ।
प्रकाशित मिति: २०२४-०९-१० , समय : १२:४८:४२ , 9 months अगाडि