मधेस प्रदेशका जिल्लाहरु तस्करहरूको अखडा : प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी
मिति: २०२४-०९-१४ , समय : ०८:१९:५५ , गामघर डेस्क
मिति: २०२४-०९-१४ , समय : ०८:१९:५५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक चाडपर्व नजिकिँदै जादा सप्तरी सहितका मधेस प्रदेशका जिल्लाहरु तस्करहरुकाे अखडा बन्दै गएको छ । सिमा सुरक्षाका लागि खटिएका प्रहरी प्रशासनकाे मिलाेमतेमा सिमा नाकाहरुमा खुलेआम तस्करी भइरहेको छ । साेहि क्रममा मधेस प्रदेशको बारा जिल्लाको पथलवाघाट केही महिना यता तस्करहरूको अखडा बनेको छ । तस्करीमा संलग्न तस्करहरूले कहाँ र कुन नाका आफ्नो लागि सहज र सुविधाजन्य हुन्छ त्यहीबाट तस्करीको धन्दा चलाउंछन भन्ने कुरामा कुनै दुईमत छैन । त्यसैले बिगत केही महिना देखि यो नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ ।
नेपाल तर्फबाट ठूलो मात्रामा गांजाको तस्करी भारततर्फ हुदै आएको छ। बारा जिल्लामा सबैभन्दा बढी गांजाको तस्करी हुने नाका नै पथलवाघाट भएको यहाँका स्थानीय बताउँछन् । धादिङ र मकवानपुर जिल्लाको पहाडी भेगमा उत्पादित गांजा तथा चरेस समेत यसै नाकाबाट भारततर्फ तस्करी हुने गरेको बताइन्छ । कतिपय अवस्थामा प्रहरी पक्राउ गरेको भए पनि लेनदेनको सेटिङ नमिलेपछि मात्रै प्रहरीले पक्राउ गर्ने गरेको आरोप लाग्दै आएको छ। अन्यथा प्रहरीको सेटिङ र संरक्षणमा गांजा र चरेशको तस्करी बढी मात्रामा यसै नाकाबाट हुने गरेको स्थानीय बताउँछन् । गांजा र चरेसको कारोवार गर्नेमा प्रदिप र राजेश नाम गरेका भारतीय नागरिक रहेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
यसका अलवा यो नाकाबाट मदन यादव, रामप्रवेश यादव बलिष्टर यादव समेतलाई स्थानीय प्रहरीले मलको तस्करी गर्ने लाइन दिएको समेत खुलेको छ । साथै भोला माष्टर र अरविन्द साहलाई कपडाको तस्करीको लाइन दिइएको छ भने उपेन्द्र यादव र प्रदिप यादवलाई हार्डवेयरको तस्करीको लाइन प्रहरीले दिएको छ । पथलवाघाट स्थित प्रहरी चौकीको प्रमुखको रूपमा असई दिनेश महत्तो रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यो तस्करीको सन्जाल जिल्ला प्रहरीले थाहा पाएर पनि नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-०९-१४ , समय : ०८:१९:५५ , 8 months अगाडि