उद्धारको पर्खाइमा मलेसियामा रहेका सप्तरीका युवा दिपक यादव : सहयोगकाे लागि अनुरोध
मिति: २०२५-०४-०९ , समय : ०७:५४:२० , गामघर डेस्क
मिति: २०२५-०४-०९ , समय : ०७:५४:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मलेसियाको मेगाट्रेक्स प्लास्टिक उद्योग सेलङ्गरमा कार्यरत २३ बर्षिय सप्तरीकाे हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१४ निवासी दिपक कुमार यादव अहिले मलेसियामा उद्धारको पर्खाईमा छन। तत्काल उद्धार नगरिए उनको ज्यान जान सक्ने खतरा रहेको कुरा सरोज रायद्वारा संचालित समाजकल्याण सेवा नेपालका अन्तरास्ट्रिय अध्यक्ष रामबाबु यादवले बताएकाछन ।हाल दिपक मलेसियामा उनको देखभाल अध्यक्ष रामबाबुका भान्जा सरोज दासले गरिरहेका छन।
जिवनस्तर उकास्ने सपना बोकेका दिपक अहिले जीवनमृत्युसंग जुझिरहेका छन ।उनको उपचार गर्न अनेकौ अस्पताल धाईसकेका सरोजले आफ्नै देशमा राम्रो उपचारको अपेक्षा राख्दै एम्बेसिलाई नेपाल फर्काउने प्रबन्ध मिलाउन आग्रह गर्दा एम्बेसिले अझै ७ दिन कुर्नुपर्ने बताए संगै दिपक हतास भएका छन ।
हिन्दुस मिडिया संग कुरा गर्दै अध्यक्ष रामबाबुले २४ घण्टा भित्र नेपालमा फर्काउन वातावरण बनाइदिन आग्रह गरेका छन।
यता तत्काल दिपकलाई नेपाल फर्काउने वातावरण मिलाईदिन सन्चारकर्मि मार्फत सरकारलाई अनुरोध गरेका छन ।
प्रकाशित मिति: २०२५-०४-०९ , समय : ०७:५४:२० , 3 weeks अगाडि