ब्लक, विटौरी जग्गाको लालपूर्जा माग गर्दै सप्तरीको राजविराज नगरपालिकामा धर्ना

मिति: २०२५-०५-०५ , समय : २१:५८:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
ब्लक, विटौरी जग्गाको लालपूर्जा माग अघि सार्दै सप्तरीको राजविराज नगरपालिकाका नगरवासीहरुले सोमवार राजविराज नगरपालिका कार्यालयमा धर्ना दिएका छन ।
राजविराज नगरवासीको तर्फबाट गठित संघर्ष समितीको अगुवाईमा बाजार क्षेत्रमा प्रर्दशन पश्चात नगरपालिका कार्यालय घेराउ गर्दै धर्नामा वसेका थिए । धर्नामा विभिन्न राजनीतिक दल, जनप्रतिनिधीहरुको सहभागी रहेका थिए।
नगरपालिकाको मुल गेट मै धर्नामा वसेपछिसेवा प्रवाह पनि ठप्प भएका थिए । अघिल्लो दिन नगरवासीको तर्फबाट गठित संघर्ष समितिको अगुवाइमा नापी कार्यालयमा समेत घेराउ र धर्ना कार्यक्रम गरिएको थियो ।
धर्नामा संघर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, वडा सदस्य रामानन्द देव, विरेन्द्र साह, ८५ बर्षीय वृद्ध शिवनारायण स्वर्णकार, ८२ बर्षीय रोहितलाल दासका सार्थ ठूलो संख्यामा नगरवासी सहभागि भए ।
राजविराज नगरपालिका स्थापनाकाल देखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बायाँ रहेका ५ हजार २ सय परिवार बर्षौदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ बर्षदेखि रोक्का प्रकृया बन्द गरिएछि मार्कामा परेका छन् ।
संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै राजविराज बसपार्क अविलम्व संचालन, हटियामा निर्माणाधिन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा बर्षौ देखि बन्द रहेका छोटी भन्सार कर्यालयहरुको पुनर्संचालन लगायतका ८ बुदे माग अघि सार्दै विगत २ महिना देखि आन्दोलित रहेका छन् ।

प्रकाशित मिति: २०२५-०५-०५ , समय : २१:५८:३४ , 17 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित