आज जानकी नवमी : मधेश प्रदेशमा सार्वजनिक बिदा

मिति: २०२५-०५-०६ , समय : १३:२७:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस, सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

आदर्श नारी सीताको जन्मदिनको स्मरणमा जनकपुरधाममा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ ।

जानकी मन्दिरमा विशेष कार्यक्रम हुँदैछ । जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवम् पुराणमा वर्णन गरिएको छ ।

सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । सांस्कृतिक, धार्मिक एवम् प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १३:२७:३६ , 10 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित