सप्तरीको ढिकुलीका अग्निपीडित राम परिवारलाई समाजसेवी इन्जिनियरद्वारा राहत वितरण

मिति: २०२५-०५-०८ , समय : १५:४३:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । निस्वार्थ भावले समाज सेवामा लागेका समाजसेवी एवम् इन्जिनियर सुर्य नारायण यादवले सप्तरीको महादेवा गाउपालिका वडा न. ६ ढिकुलिका अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापटी सप्तरीद्वारा आगलगिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका सप्तरीको महादेवा गाउपालिका वडा न.६ ढिकुलीको अग्निपीडितहरु सीता देवी राम र डम्बल रामलाई सहयोग स्वरूप जनही खाद्यान्न,थाल, गिलास, कराही, डेकची,छोलनी, बाल्टिन, मग, म्याट्रेस ,धोती, साड़ी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत बैशाख २२ गते आगलागि हुदा अनुमानित ५ लाख भन्दा बढ़ीको क्षति भएको थियोे ।
साे राहत वितरण कार्यक्रममा स्थानीय नन केशर राम,भुटाई राम,छेदनी राम,जीगेसर राम लगायतका स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे । स्मरण रहाेस समाजसेवी इन्जिनियर यादवले विगत लामो समयदेखि निस्वार्थ भावले अग्निपिडित , बाढी पिडित , चिसाे पिडित लगायतकाहरुलाइ राहत स्वरूप विभिन्न सामग्रीहरु वितरण गर्दै आइरहनु भएको छ ।

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १५:४३:२० , 12 hours अगाडि