गौतम बुद्धको उपदेश अनुकरणीय : गृह संचार तथा कानुनमन्त्री लेखि

मिति: २०२५-०५-१२ , समय : १८:३४:०४ , गामघर डेस्क

तस्बिर : देबराम यादब/ गामघर टिभि

गामघर डेस्क

राजविराज । थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीद्वारा सोमबार २५६९ औं बुद्ध जयन्तीे विविध सास्कृतिक कार्यक्रम गरी मनाएको छ । सो कार्यक्रममा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले गौतम बुद्धको उपदेश सम्पुर्ण मानवका लागि अनुकरणीय रहेको बताउनु भयो ।
सप्तरीको सप्तकोसी नगरपालिका ४ तुलसि चौकमा थारु संस्कृति संरक्षण संघ नेपाल केन्द्रिय कमिटीका अध्यक्ष गयानन्द चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री लेखिले गौतम बुद्धले देखाएको बाटो शान्ति अहिङसालाइ सम्पुर्ण मानवले आत्मसात गरेर हिड्न सके मात्र हाम्रो समाज परिबर्तन गर्न सकिने र हामी सम्पुर्ण बुद्धको अनुयायी भएकाले यो समाजमा परिवर्तनको लागि हामी सबैले बुद्धको अनुसरण गर्नु पर्ने मन्त्री लेखिले बताउनु भयो ।यो समाज हरेक जातजाती भाषा भाषी समुदायको साझा भएकाले बुद्धले देखाएको शान्तिको बाटो सबै जनाले अबिलम्बन गरेर हिडेमात्र यो मुलुकमा शान्ति तथा अमन चयन कायम हुने बताउनु भयो । मुलुकमा गणतन्त्र स्थापना पशच्यात समाबेसिताका कारण यो समाज मिलेर अगाडी बढिरहेकाले गणतन्त्रको बिकल्प नरहेको बताउनु भयो ।गणतन्त्र स्थापना पछि देशमा आमुल परिवर्तन र बिकासले गति लिएकोले गणतन्त्रलाइ सस्थागत गर्न सबै पक्ष एक भएर लागि पर्ने बताउनु भयो ।
२५६९ औं बुद्ध जयन्ती समारोह तथा विविध सास्कृतिक कार्यक्रमको अबसरमा सप्तकोसी नगरपालिका कम्युनिस्ट नेता तथा जेष्ठ नागरिक मुरारी कार्की र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिब खगेन्द्र कार्कीलाइ प्रमुख अतिथि तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री लेखिले दोसल्ला ओढाएर सम्मान गरेका छ्न। कार्यक्रममा विभिन्न जनजाति थारु,नेवार ,तामाङ,किरात लगायत समुदायको जातीय भेषभुषा सहितको झाकि तथा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा उत्कृष्ट झाकि तथा नृत्य प्रस्तुत गरिएका नेवार समुदायको लाखे नाच ,थारु समुदायको नृत्य तथा गायन तामाङ समुदायको तामाङ सेलोमा नृत्य गर्ने हरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री लेखिले नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, जेष्ठ नागरिक मुरारी कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की, सप्तकोसी नगरपालिका वडा न २ का वडाध्यक्ष जाहिर हुसेन,त्रियुगा बहुमुखी सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२५-०५-१२ , समय : १८:३४:०४ , 2 days अगाडि