मधेस प्रदेश : टिपरको ठक्करबाट ७० बर्षिय जेष्ठ नागरिकको मृत्युु
मिति: २०२५-०५-१३ , समय : १२:०८:५६ , गामघर डेस्क
मिति: २०२५-०५-१३ , समय : १२:०८:५६ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाको मिर्चैया नगरपालिका वडा न.७ मा टिपरको ठक्करबाट एक जेष्ठ नागरिकको मृत्युु भएको छ। मिर्चैया–कटारी सडकखण्डमा मंगलबार बिहान चुनढुङ्गा बोकेको बा.प्र. ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा ७० वर्षीय स्थानीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार ती वृद्ध सडक पार गर्दै गर्दा तीव्र गतिमा आएको टिपरले ठक्कर दिएको हो। ठक्कर यति जबरजस्त थियो कि घटनास्थलमै महराको ज्यान गएको जनाइएको छ।
घटनापछि टिपर चालक फरार भएका छन् भने प्रहरीले टिपर नियन्त्रणमा लिएर चालकको खोजी तीव्र पारेको जनाएको छ। यता, मृतक महराको शव पोष्टमार्टमका लागि लहानस्थित अस्पतालमा पठाइएको छ।
यता स्थानीय बासिन्दाहरूले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: २०२५-०५-१३ , समय : १२:०८:५६ , 1 day अगाडि