जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता गरि यादव र कुशवाहालाइ बनाए मन्त्री
मिति: २०२५-०५-२२ , समय : २०:५७:१९ , गामघर डेस्क
मिति: २०२५-०५-२२ , समय : २०:५७:१९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएकाे जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी सम्हालिसकेका वसन्त कुशवाहा र राज्यमन्त्री सम्हालेका सञ्जय यादवलाई नयाँ जिम्मेवारी दिएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रियाअनुरूप मन्त्रीहरू फेरिएकाे जनाएको छ । मधेश प्रदेशमा जनमतबाट सतिशकुमार सिंहको नेतृत्वको सरकार रहेको छ ।
प्रकाशित मिति: २०२५-०५-२२ , समय : २०:५७:१९ , 4 weeks अगाडि