सप्तरीको महादेवामा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति: २०२५-०५-२३ , समय : २०:०९:५० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । नेपाल क्षयरोग निवारण संस्था सप्तरीको आयोजनामा एक दिने क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम महादेवा गाृपालिका वडा न.१ स्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरामा शुक्रवार सम्पन्न भएको छ । संस्थाका सभापति बैधनाथ झाको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष गुन्जेश्वरप्रसाद यादवले क्षयरोगको बारैमा सहभागीहरुलाई विस्तृत रुपमा जानकारी गराउनु भयो । उहाँले क्षयरोग पहिचान,उपचार र औषधी सेवनको बिधी लगायत बारे सहभागीहरुलाई जानकारी गराउनु भयो । उहाँले यो रोगको समयमा पहिचान भएमा नियमित स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गरेमा निको हुने लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । सो अभिमुखीकरण कार्यक्रममा महादेवा गाउपालिकाका कार्य समिति सदस्य अनारदेवी राम,वडा सदस्य कोरेसा खातुन,प्रधानमध्यापक नागेन्द्रप्रसाद सिहं,पत्रकार देवराम यादव,उपेन्द्र यादव,शम्भु यादव,लक्ष्मण मेहता,लगायतले क्षयरोग बारेमा आ आफनो विचार ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : २०:०९:५० , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्