सप्तरी प्रहरीद्वारा झण्डै पाँच किलो अबैध लागू औषध गाँजा सहित एक जना पक्राउ

मिति: २०२५-०५-२३ , समय : २१:३०:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी प्रहरीले अबैध लागू औषध गाँजा सहित एक जना युवकलाई शुक्रबार पक्राउ गरेको छ ।

सप्तरीको तिरहुत गाउँपालिका वाड न.४ बस्ने बर्ष ३८ को मो.सजितलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पाँच किलो अबैध लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ तोपा चोक स्थित हनुमाननगर राजविराज सडक खण्डमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पैदल आईरहेको अवस्थामा सजितको जिउ चेकजाँच गर्दा उनको झोला भित्र सेतो प्लाष्टिकमा सो तौल बराबरको लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : २१:३०:३४ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्