भारत बिहारका पूर्वमुख्यमन्त्री लालू यादवका जेठा छोरा तेज प्रताप पार्टी र परिवारबाट निष्कासित

मिति: २०२५-०५-२६ , समय : ०७:१८:०६ , गामघर डेस्क

तस्वीर : एएनआई

गामघर डेस्क

काठमाडौं ।
भारतको बिहारका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालू प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्नुभएको छ । लालू यादवले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अबदेखि पार्टी र परिवारमा तेज प्रतापको कुनै पनि प्रकारको भूमिका नहुने बताउनुभएको छ ।

जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार आफूहरूको पारिवारिक मूल्य–मान्यता र परम्परा अनुरूप नरहेको उहाँले उल्लेख गर्नुभयो । निजी जीवनमा नैतिक मूल्य–मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि आफूहरूको सामूहिक सङ्घर्षलाई कमजोर बनाउने आरजेडीका अध्यक्ष यादवले लेख्नुभएको छ ।

यसअघि आरजेडी नेता तेज प्रतापको फेसबुक अकाउन्टको एउटा पोस्टलाई लिएर विपक्षीले आरजेडीलाई निशाना बनाएका थिए । यसपछि तेज प्रतापले एक्समा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ह्याक’ भएको र आफ्ना तस्वीररहरू गलत तरिकाले सम्पादन भएको बताउनुभएको थियो ।

यसैबीच आफ्ना दाइ तेज प्रतापलाई पार्टीबाट निष्कासन गर्ने निर्णयबारे पत्रकारहरूसँग कुरा गर्दै तेजस्वी यादवले यी कुराहरू सहन नसकिने प्रतिक्रिया दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०५-२६ , समय : ०७:१८:०६ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित