शिक्षा अधिकृतलाई निमित्त हाकिम बनाएको भन्दै राजविराज नगरपालिकामा आन्दोलन : झन्डै तीन घण्टा कार्यालयमा थुनिन् कार्यवाहक नगरप्रमुख

मिति: २०२५-०६-१० , समय : १४:०७:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको‌ कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्तमा उपसचिवको दरबन्दी रहेको राजविराज नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै आन्दोलन भइरहेको छ।

संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरको डाक्टर श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परविनको मिलेमतोमा राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लाग्दा राजविराज नगरपालिकामा आज तोडफोड भएको छ। निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड गरेका हुन्।

निमित्तलाई हाकिम नबनाउने नगरपालिकामा भ्रष्टाचार बढेकोलगायतका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ‌ । ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।

आन्दोलनमा दुई पक्षबिच धकेलाधकेल र ढुंगामुढासमेत भएको छ। कार्यवाहक नगरप्रमुखसहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षाबिच नगरपालिका भित्र थुनिएका छन्। सुरक्षाको दृष्टिकोणले यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।
यता राजविराज नगरपालिकाकी‌ कार्यवाहक नगरप्रमुख इसरत परविन पछिल्लो तीन घण्टादेखि कार्यालयमा थुनिएकी छन्।‌ कार्यवाहक नगरप्रमुखले निमित्त कार्यालय प्रमुख भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन आन्दोलनको प्रहरीको सहायतामा ताल्चा फुटाएर भित्र गएपछि अहिले भित्रै थुनिएकी हुन्‌।

बाहिरबाट आन्दोलन गरिरहेका पक्षले तोडफोड गर्न थालेपछि उनीसहित केही वडाध्यक्ष र कर्मचारी भित्र थुनिएका छन्।निमित्तलाई हाकिम नबनाउने, नगरपालिकामा भ्रष्टाचार बढेको लगायका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ‌। ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।

यता आन्दोलनमा दुई पक्षबीच घम्साघम्सी र ढुंगामुढा समेत भएको थियोे ।

प्रकाशित मिति: २०२५-०६-१० , समय : १४:०७:५२ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित