भारतले दियो नेपालका सातवटै प्रदेशका ३३ जिल्लामा ४० एम्बुलेन्स

मिति: २०२५-०६-१५ , समय : ०८:३०:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । भारत सरकारले नेपालका सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ। भारतीय दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार ती एम्बुलेन्सहरू काठमाडौं, पोखरा, धरान र वीरगञ्जमार्फत सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गरिएको हो ।
दूतावासका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा २२ वटा एम्बुलेन्स दूतावासमार्फत् हस्तान्तरण गरिएका हुन् भने बाँकी एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, पोखराको भारत सरकारका प्रतिनिधि कार्यालय र धरानमार्फत् हस्तान्तरण गरिएको हो ।भारत सरकारले विगत तीन दशकदेखि नेपालभरका विभिन्न सामाजिक संस्थालाई एम्बुलेन्स र स्कूल बस उपहार दिँदै आएको छ ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०८:३०:३५ , 3 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित