सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएका ईन्जिनियर झाविरुद्ध अख्तियारमा मुद्दा दायर
मिति: २०२५-०६-१६ , समय : २२:४३:५३ , गामघर डेस्क
मिति: २०२५-०६-१६ , समय : २२:४३:५३ , गामघर डेस्क
गामघर डेस्क
राजबिराज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सव-इन्जिनियर(प्राविधिक सहायक) पदमा करार नियुक्त गरेको दिपेन्द्र कुमार झा भन्ने दिपेन्द्र कुमारको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दिपेन्द्र कुमारले तत्कालीन सव-इन्जिनियर पदमा करार नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली रहेको आरोपमा अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा मुद्दा दायर गरेको हो ।
सव-ईन्जिनियर झाको प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दिपेन्द्र कुमारले तिलाठी कोईलाडी गाउँपालिकामा सव-इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ एकेडेमिक ट्रान्सक्रिप्ट, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान, पश्चिमाञ्चल क्षेत्र क्याम्पस, लामाचौर, पोखराबाट उत्तीर्ण गरेको भन्नी चारित्रिक प्रमाणपत्र समेत नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरी नियुक्ति लिई ओहोदा लाभ र सुविधा लिएको अख्तियार अनुसन्धान आयोगको ठहर छ ।
सव-ईन्जिनियर झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार अनुसन्धान आयोगका सहायक प्रवक्ता देव प्रसाद थपलियाले जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०६-१६ , समय : २२:४३:५३ , 20 hours अगाडि