एसइइको नतिजा एक हप्ताभित्र सार्वजनिक हुने : राष्ट्रिय परीक्षा बोर्ड

मिति: २०२५-०६-२६ , समय : ०६:५९:४५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।परीक्षा नियन्त्रक डक्टर गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो । तर, गत चैत २० गतेदेखि बैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।झापामा १७ हजार २८ जना विद्यार्थी सहभागी थिए । जसमा छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी थिए ।
झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी थिए । ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति: २०२५-०६-२६ , समय : ०६:५९:४५ , 13 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित