मधेस प्रदेश : ज्वाइँले छुरा प्रहार गरी आफ्नै ससुराकाे गरे हत्या

मिति: २०२५-०७-०२ , समय : १३:१३:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरधामका मेयर मनोज साहका काका बासुदेव साहको छुरा प्रहार गरी हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो ।

बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार जग्गा सम्बन्धि घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै पेटमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता घटना पश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-०२ , समय : १३:१३:३६ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित