अनुदान रकम हिनामिना गरेको भन्दै शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मिति: २०२५-०७-१० , समय : १७:५३:३६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिहीबार आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित नौँ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: २०२५-०७-१० , समय : १७:५३:३६ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित