गुणस्तरीय शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिन सिटिजन्स बैंकद्वारा शुद्ध पिउने पानी मेसिन प्रदान
मिति: २०२५-०७-१४ , समय : ०७:४४:४५ , गामघर डेस्क
मिति: २०२५-०७-१४ , समय : ०७:४४:४५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, शाखा कार्यालय कल्याणपुरले सप्तरीको खडक नगरपालिका वडा न.७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय मझौलाई शुद्ध पिउने पानीको मेसिन (आरओ फिल्टर) प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुद्ध पिउने पानीको मेसिन (आरओ फिल्टर) प्रदान गरेको गरिएको हो ।
विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीलाई लक्षित गर्दै गरिएको यस सहयोगले गुणस्तरीय शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको बैंकका कलस्टर प्रमुख प्रकाश नेपालले बताउनु भयो ।
कलस्टर प्रमुख नेपालले विद्यालयमा पिउने पानीको उचित व्यवस्था नहुनाले विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै आरओ फिल्टर जडान गरिएको जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यापक किशोर कुमार चौधरीले सिटिजन्स बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयमा शुद्ध पिउने पानीको सुविधा अभाव रहेको र उक्त मेसिनले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न विद्यालय, स्वास्थ्य चौकी, सार्वजनिक स्थलहरूमा सहयोग गर्दै आएको छ। यस किसिमको सहयोगले शिक्षा क्षेत्रमा योगदान पु¥याउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सघाउने विश्वास बैंकले लिएको छ।
उक्त कार्यक्रममा बैकका कर्मचारी संजिव गुप्ता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक विद्यार्थी तथा स्थानीय बुद्धिजीवी, समाजसेवीहरुकाे उपस्थित रहेको थियो ।
प्रकाशित मिति: २०२५-०७-१४ , समय : ०७:४४:४५ , 13 hours अगाडि