खडेरी क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा कृषि मन्त्रालयको टोली जाँदै

मिति: २०२५-०७-१९ , समय : १४:४०:०६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली जाने भएको छ ।

मन्त्रालयले हरेक जिल्लामा २/२ जनाको दरले टोली पठाउने निर्णय गरेको हो । भोलि पुग्ने टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालयअन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग समन्वय गर्नेछ ।

अहिले रहेका सिँचाइका संरचनाहरूलाई पूर्णरुपमा सञ्चालन तथा सिँचाइका लागि अरु विकल्पबारे सम्बन्धित निकायहरूसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्रालयले जनाएको छ ।

लामो समयसम्म पानी नपरेपछि खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै मधेश प्रदेश सरकारले केही दिनअघि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

मधेशका ८ जिल्लामा अहिलेसम्म झन्डै ४६ प्रतिशत रोपाइँ भएको मधेश प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । विगतमा असार सकिँदा मधेश प्रदेशमा झन्डै ७० प्रतिशत रोपाइँ हुने गरेको थियो । उज्यालो

प्रकाशित मिति: २०२५-०७-१९ , समय : १४:४०:०६ , 15 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित