सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु , झुन्डिएको अवस्थामा एक युवककाे फेला

मिति: २०२५-०७-१९ , समय : १४:४८:२० , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा न.४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ । स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

यस्तै सप्तरीको राजविराज–कञ्चनपुर हुलाकी सडक खण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न.४ स्थित बनौलीमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरविन्द साह झुन्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामसेवक मण्डलले जनाकारी दिए ।

प्रकाशित मिति: २०२५-०७-१९ , समय : १४:४८:२० , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित