सप्तरीकाे पौवामा सीटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु : गाउँ नै शाेकमा

मिति: २०२५-०७-२६ , समय : १२:१७:५४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा न.२ पौवामा विद्युतीय सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्युु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंग छन्।

दुवै जनालाई कहिले करेन्ट लागेको हो भन्ने यकिन भइसकेको छैन। तर, स्थानीयवासी र प्रहरीको प्रारम्भिक अनुमान अनुसार गएराति रिक्सा चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको र उनलाई जोगाउन खोज्दा रामकुमारीलाई पनि करेन्ट लागेको हुन सक्ने आशंका गरिएको छ।

शुक्रबार बिहान दुवै जना घरमा नदेखिएपछि परिवारले खोजी गर्दा उनीहरू लडिरहेको अवस्थामा मृत फेला परेका थिए। इलाका प्रहरी कार्यालय रुपनीलाई स्थानीयवासीले बिहान करिब पौने ६ बजे खबर गरेका थिए।

यता घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रुपनीका सई तुलसी यादवका अनुसार मृतक दम्पतीका १८ र १० वर्षका दुई छोरा र एक बुहारी छन्। साे घटनापछि पुरे गाउँ शोकमा डुबेको रुपनि गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०७-२६ , समय : १२:१७:५४ , 22 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित