सप्तरीकाे रम्पुरामा २६ वर्षीया महिलाको झुण्डिएर मृत्यु, घटनाको छानबिनको माग

मिति: २०२५-०७-३१ , समय : ०८:२६:२१ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ रम्पुरा टोलमा एक २६ वर्षीया महिलाको झुण्डिएको अवस्थामा मृत अवस्था फेला परेको छ।

स्थानीय तेज नारायण साहका बुहारी तथा राम नारायण साहकी पत्नी अमिला देवी साहले आफ्नै टिनको घरमा झुण्डिएर आत्महत्या गरेको जानकारी मृतकका आफन्तले दिएका छन्। मृतक अमिलाका दुई छोरा छन्, जसको उमेर क्रमशः ७ र ५ वर्ष रहेको छ।

घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको रम्पुरा मल्हनिया प्रहरी चौकीका प्रमुख राजेन्द्र यादवले मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो।

यद्यपि घटनाको प्रकृति शंकास्पद देखिएकाले यसको वास्तविक कारण पत्ता लगाउन र यदि कसैको संलग्नता भएमा दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई छानबिनको लागि आग्रह गरिएको छ।

स्थानीय बासिन्दा र मृतकका आफन्तले निष्पक्ष अनुसन्धानको माग गर्दै न्याय सुनिश्चित हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति: २०२५-०७-३१ , समय : ०८:२६:२१ , 2 months अगाडि