सिरहाका सियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित
मिति: २०२५-०८-०२ , समय : ०८:२२:०९ , गामघर डेस्क
मिति: २०२५-०८-०२ , समय : ०८:२२:०९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनमा सियाराम यादव कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशन ३१ जुलाई २०२५ मा सम्पन्न भएको हो। अधिवेशन निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईँको संयोजनमा सम्पन्न भएको यस अधिवेशनमा निर्विरोध निर्वाचित भएका यादवलाई एनआरएनए कतारतर्फबाट प्रमाण–पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएपछि रोजगारीको सिलसिलामा कतार आउनुभएका यादव सामाजिक संघ–संस्थामा निरन्तर सक्रिय रहँदै आएका छन्। कतार आगमनपछि नेपाली समाज कतारमा प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै उल्लेखनीय सेवा र योगदान पुर्याउँदै आएका उहाँलाई, सोही संस्थाले योग्य सक्रियता र समर्पणको उच्च मूल्याङ्कन गर्दै एनआरएनए, राष्ट्रिय समन्वय परिषद् कतारमा उम्मेदवारीका लागि सिफारिस गरेको थियो।निर्वाचित भएपछि शियाराम यादवले आफ्नो यात्रामा विशेष साथ र सहयोग पुर्याएको नेपाली समाज कतारप्रति हृदयदेखि आभार व्यक्त गर्दै, आगामी दिनमा प्रवासी नेपाली समुदायको हित, अधिकार र सम्मानका लागि अझ समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २०२५-०८-०२ , समय : ०८:२२:०९ , 18 hours अगाडि