सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

मिति: २०२५-०८-१३ , समय : ०७:३५:०५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीकाे तिरहुत गाउँपालिका वडा न.१ त्रिकोलमा विधुतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय भुपेन्द्र बिराजी रहेका छन्। प्रहरीले जनाए अनुसार मंगलबार आफ्नै घरमा सिलिङ पंखा जडान गर्ने क्रममा अचानक करेन्ट लागेर बिराजी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि भारदह अस्पताल पुर्‍याइएको थियो।

तर चिकित्सकले मृत घोषणा गरेपछि शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

प्रकाशित मिति: २०२५-०८-१३ , समय : ०७:३५:०५ , 17 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित