सप्तरीको सप्तकोशीमा सवारी दुर्घटना हुदा आधा दर्जन भन्दा बढी घाइते

मिति: २०२५-०८-१८ , समय : ०७:४३:५० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित पर्सा– कञ्चनपुर–फत्तेपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा आधा दर्जन भन्दा बढी घाइते भएका छन ।
कञ्चनपुरतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ८८२२ नम्बरको सिटि सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०५–००२ प १४६ नम्बरको मोटरसाइकलले पछाडि ठक्कर दिंदा दुबै सवारी साधनका झण्डै १ दर्जनबढी यात्रुहरु धाइते भएका हुन् ।
दुर्घटनामा घाइतेहरूलाई तत्काल स्थानीय किरण पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका ५ का मोटरसाइकल चालक मनोज चौधरीको छोरा २६ वर्षीय संदिव चौधरी गम्भीर घाइते भएका छन् । दुबै घुँडा, दायाँ हात र मुखमा चोट लागेका उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
दुर्घटना अन्य घाइते हुनेहरूमा सिटि सफारीमा सवार सप्तकोशी नगरपालिका–७ बस्ने ५० वर्षीया वडा सदस्य बिमला चौधरी, सोही स्थानका १८ वर्षीया एलिना चौधरी, अनु थापा मगर, सबिन चौधरी र सिटि सफारी चालक २५ वर्षीय भाजु बहरदार छन् । ऊनीहरुको टाउको हात खुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् । दुवै सवारी साधन फत्तेपुर प्रहरी चौकीको नियन्त्रणमा राखी दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-१८ , समय : ०७:४३:५० , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्