नेपाल शिक्षक महासङ्घद्वारा पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक

मिति: २०२५-०८-२२ , समय : १८:०४:१४ , गामघर डेस्क

फाइल तस्वीर

गामघर डेस्क

काठमाण्डाै । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र कम्तीमा २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने भएको छ । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासङ्घले जनाएको छ ।

त्यसपछि भदौ २१ गते अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासङ्घले चेतावनी दिएको छ । सरकारसँग यसअघि भएको सहमति अनुसार आफ्ना माग पूरा नभएको अध्यक्ष सुवेदीले दाबी गर्नुभयो ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयक हिजो बहुमतले पारित गरेको थियो ।

प्रकाशित मिति: २०२५-०८-२२ , समय : १८:०४:१४ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित