मधेस प्रदेशमा अपराध बढदै : सुटकेसभित्र एक महिलाको शव फेला

मिति: २०२५-०८-२४ , समय : ०८:४५:११ , शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादव

काठमाडौं । पछिल्लो केही दिन यता मधेस प्रदेशका जिल्लामा अपराधिक क्रियाकलाप बढदै गएको छ । साेहि क्रममा पछिल्लोपटक मधेस प्रदेशको रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सुटकेसभित्र एक महिलाको शव फेला परेको छ ।

शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेस भेटिएपछि प्रहरीले खोल्दा भित्र महिलाको शव रहेको पाइएको हो । प्रारम्भिक अनुमानअनुसार हत्या गरी शव सुटकेसमा हालिएको हुनसक्ने बताइएको छ ।

यता साे घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-२४ , समय : ०८:४५:११ , 20 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्