नेपालको सीमा हुँदै तिन आतंकवादी भारतको बिहार प्रवेश गरेको भन्दै सिमामा उच्च सतर्कता

मिति: २०२५-०८-२८ , समय : १४:०६:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
नेपालको सीमा हुँदै भारतको विहार आतंकवादी प्रवेश गरेको भन्दै सुरक्षा सतर्कता कडा पारिएको छ । जैश–ए–मोहम्मद समूहका तीन जना आतंककारी नेपालमार्ग हुँदै बिहार प्रवेश गरेको आशंका गरिएको छ ।

भारतको प्रहरी मुख्यालयले सबै सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई सक्रिय बनाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । इन्डिया टुडेका अनुसार, नेपालबाट भारत छिरेका ती तीनजनाको नाम हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान हो । उनीहरू पाकिस्तानी नागरिक भएको पनि समाचारमा पुष्टि गरिएको छ ।

तर उनीहरूले कुन सीमा नाका प्रयोग गरेर र कहिले प्रवेश गरे भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

भारतको न्यूज–एट्टिन को अनलाइन संस्करणअनुसार, ती आतंककारीको हुलिया र परिचय सम्बन्धी विवरण प्रहरीका सबै युनिटमा पठाइएको छ र विशेष सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी ईटीभी भारतका अनुसार बिहारको सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीलाई विशेष निगरानीमा राखिएको छ । यी क्षेत्रमा संदिग्ध गतिविधि देखिए तत्काल रिपोर्ट गर्न आदेश दिइएको छ । स्थानीयलाई पनि कुनै शंका लागे नजिकैको प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।

यसअघि पनि सन् २०२४ मा नेपालमार्ग हुँदै भारत प्रवेश गरेको आरोपमा भारतीय सुरक्षाकर्मीहरूले तीन जना पक्राउ गरेका थिए ।एजेन्सी

प्रकाशित मिति: २०२५-०८-२८ , समय : १४:०६:२७ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित