बिहार प्रहरीद्वारा सिमानामा निगरानी : नेपालको अस्थिरताको फाइदा उठाएर भारत छिर्न खोज्नेलाई कारबाही गर्ने

मिति: २०२५-०९-१२ , समय : ११:५७:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । नेपालमा देखिएको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनलाई ध्यानमा राखेर भारतको बिहानका सिमाना जोडिएका जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको बिहार प्रहरीले जनाएको छ । नेपाल–भारत सिमानामा मानिसहरूप्रति निगरानी गर्नुका साथै उच्च सुरक्षा सतर्कता अपनाइएको बिहार प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।
नेपालको अस्थिरस्थितिलाई ध्यानमा राख्दै नेपालसँग सिमाना जोडिएका बिहारका ७ जिल्लाहरूमा सुरक्षा सतर्कता अपनाइएको अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।
प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बिहार राज्य प्रहरी र एसएसबीले सीमामा कडा निगरानी राखेको बताएका हुन् । उनले सीमा बिन्दुमा मानिसहरूको गहन निगरानी र प्रमाणीकरण भइरहेको बताएका छन् ।
नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाएर अपराधको प्रवृत्ति बढ्ने र शान्ति सुरक्षामा खलल गर्ने सम्भावनालाई ध्यानमा राखेर बिहार पुलिसले सुरक्षा सतर्कता अपनाएको छ । नेपालबाट भागेर जान खोज्ने अपराधिक व्यक्तिहरूलाई सिमानामा पक्राउ गर्ने रणनीति बिहार पुलिसले लिएको छ ।

प्रकाशित मिति: २०२५-०९-१२ , समय : ११:५७:०४ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित