आगजनी र प्रहरीका हतियार लुट्नेहरु समातिँदै : सप्तरीका जाबेद लुटिएका हतियारसहित पक्राउ
मिति: २०२५-०९-१२ , समय : १८:१७:२२ , गामघर डेस्क
मिति: २०२५-०९-१२ , समय : १८:१७:२२ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । काठमाडौंकाे तीनकुनेस्थित प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्नेमध्येका एक सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीसहित उनी पक्राउ परेका हुने । अख्तयार सिंहदरबारको आगजनीमा समेत संलग्न रहेको पाइएको छ । 
त्यस्तै लाहानका विसान शाह,सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।यसैबीच सर्वाेच्च अदालतको सुरक्षाका लागि तैनाथ प्रहरी गणबाट ९ थान हतियार कब्जा भएका छन् । अदालतमा आगो लगाइएपछि प्रदर्शनकारीले ती हतियार लुटेर लगेकामा थिए । यता सिसिटिभी फुटेज र सामाजिक संजाल तथा मिडियामा आएका भिडिओका आधारमा हतियार लुट्नेमा संलग्न व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १८:१७:२२ , 3 months अगाडि