सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

मिति: २०२५-०९-१९ , समय : १२:०४:१२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासद्वारा बिहीबार उक्त सामाग्री सहयोग गरिएको हो ।
जेनजीको आन्दोलनमा अदालतमा तोडफोड,आगजनी र लुटपाट भएर पूर्ण रूपले क्षति भएपछि सहयोग स्वरूप एकथान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले जानकारी दिनु भयो ।उहाँले उच्च अदालतमा आंशिक क्षति भएपनि सप्तरी जिल्ला अदालतमा पूूर्ण क्षति भएपछि काम गर्न कठिनाइ भएकोले सहयोगका लागि तत्काल कम्प्युटर र प्रिन्ट उपलब्ध गराएको बताउनु भयो ।
यसैबीच सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजीको आन्दोलनमा अदालतमा ठूलो क्षति भएपछि कम्प्युटर प्रिन्टरको अभावमा काम गर्न कठिनाई भएपछि थुन्छेक आदेश हातले लेखेको र दशैसम्म व्यवस्थित नभएसम्म हातले लेख्ने बाध्यता रहेको बताउनु भयो ।
यसैबीच उच्च अदालत जनकपुर राजविराज इजलासका नव आगन्तुक मुख्य न्यायाधीश सुभाष पौडेल ,अन्य न्यायाधीशहरू तथा रजिस्ट्रार लगायतले जिल्ला अदालतको अनुगमन गरेर अवस्थाको विषयमा जानकारी लिएका थिए ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:०४:१२ , 4 hours अगाडि