सप्तरीको छिन्नमस्तामा जनहित नागरिक समाज नेपालको साधारण सभा
मिति: २०२५-०९-१९ , समय : २२:०९:०४ , गामघर डेस्क
मिति: २०२५-०९-१९ , समय : २२:०९:०४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउपालिकाकाे जनहित नागरिक समाज नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
छिन्नमस्ता गाउँपालिका वडा न.३ मा शुक्रबार संस्थाले पुर्वमन्त्री उमेश यादवको प्रमुख आतिथ्यमा साधारण सभा कार्यक्रम गरेको हो ।
सभामा संगठनीक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनमा संस्थाले हालसम्म ९८ हजार ५ सय ८५ रुपैयाँको कारोबार गरेको जनाएको छ । संस्थामा हाल २२ जना सदस्य आवद्ध रहेकोे प्रतिवेदनमा उल्लेख छ ।
२०८१ साल कार्तिक २१ गते स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा कार्यक्रम गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: २०२५-०९-१९ , समय : २२:०९:०४ , 4 hours अगाडि